२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१०२ जना कोभिड-१९ संक्रमितको भेन्टिलेटरमा र ३०६ जनाको आईसीयुमा उपचार हुँदै

१०२ जना कोभिड-१९ संक्रमितको भेन्टिलेटरमा र ३०६ जनाको आईसीयुमा उपचार हुँदै


काठमाडौं—नेपालमा कोभिड-१९ संक्रमणबाट गम्भीर भएका १ सय २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार १ सय २ जना बिरामी अहिले देशका विभिन्न अस्पतालका भेन्टिलेटरहरुमा उपचार भइरहेको छ ।

बागमती प्रदेशमा ५८ जना, प्रदेश नं. १ मा ३४ जना संक्रमित भेन्टिलेटरमा उपचार गराइरहेका छन् । यस्तै, लुम्बिनी प्रदेशमा ४ जना, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा २/२ जना कोभिड-१९ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदैछ ।

देशभर ३०६ जना कोभिड-१९ संक्रमितहरु विभिन्न अस्पतालका आईसीयुहरुमा उपचार गराइरहेका छन् । मन्त्रालयकाअनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १ सय ४५ जना कोभिड संक्रमित आईसीयुमा उपचाररत छन् ।

प्रदेश नं. १ मा ६६ जना, प्रदेश नं. २ मा १ जना, गण्डकी प्रदेशमा ३३ जना, लुम्बिनी प्रदेशमा ४८ जना, कर्णाली प्रदेशमा ६ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना संक्रमितको आईसीयुमा उपचार जारी छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ