२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानसेनापति प्रभुराम शर्मा अस्वस्थ

प्रधानसेनापति प्रभुराम शर्मा अस्वस्थ


काठमाडौं—नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा अस्वस्थ भएका छन् । शर्मालाई ज्वरो आएपछि उनी शशी भवनमै आराम गरिरहेका छन् ।

ज्वरो आएपछि शर्मा मंगलबार अपरान्ह टुडिखेलमा आयोजित फुलपाती बढाइमा उपस्थित भएनन् ।

‘उहाँलाई सामान्य ज्वरो आएको हो,’ नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले हेल्थआवाजसँग भने, ‘तर, सम्माननीयज्यूहरुसँग मञ्च सेयर गर्नुपर्ने  भएपछि उच्च सर्तकर्ता अपनाउँदैं उहाँ अनुपस्थित हुनु भएको हो ।’

प्रधानसेनापति शर्माको पिसिआर परीक्षण रिपोर्ट भने नेगेटिभ आएको प्रवक्ता पौडेलले जानकारी दिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ