२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभिडियो रिपोर्टः गर्धनको दुखाइ किन हुन्छ, कसरी समाधान गर्ने ?

भिडियो रिपोर्टः गर्धनको दुखाइ किन हुन्छ, कसरी समाधान गर्ने ?


गर्धनमा सात वटा भटिब्रेटाहरु हुन्छ । सी एकदेखि सी सातसम्मका भटिब्रेटाहरु हुन्छन् । तर, के कारणले गर्धन दुख्ने समस्या हुन्छ ?

सामान्य रुपमा जुन स्टीपलेफ हुने गर्छ र गर्धन अलि कडा हुने गर्छ । जुन सुताइ नमिलेर, पोजिशनका कारण, टेबल वर्कहरुको पोजिशन मिलाउन सकिएन भने पनि गर्धन दुख्ने समस्या हुन्छ । गर्धन र भटिब्रेटाहरुको एक्सेस मिलाउन नसक्दा पनि गर्धन दुख्ने हुन्छ ।

विशेषगरी झुकेर काम गर्दा गर्धनमा लोड बढी हुन्छ । जसले गर्दाखेरि गर्धन दुख्ने समस्या हुन्छ । यस्तै, ४० वर्ष पार गरिसकेपछि गर्धनको नसा हड्डीको कमजोरीका कारणले पनि हड्डी च्यापिने हुन सक्छ । जसका कारण पनि गर्धन दुख्ने समस्या देखा पर्छ ।

सामान्य रुपमा बुझ्दा गर्धनको दुखाइसको समस्या हातमा देखिन्छ भने ढाडको दुखाइको समस्या खुट्टामा देखिने गर्छ । गर्धन दुखाइको समस्याले हातहरु निदाउने, झमझम गर्ने समस्या हुन्छ ।

गर्धन दुखाइको निदान हामीले गर्छौ । कुन प्रकारको गर्धन दुखाइ हो निक्र्यौल गरेर त्यसपछि हामी उपचार गर्छौ । फिजियो थेरापी, कपिंग, पञ्चकर्म, न्युरो पञ्चकर्मलगायतका उपचारबाट गर्धनको दुखाइबाट छुटाकारा पाउन सकिन्छ ।




क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ