२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ३६५ जनामा कोभिड १९ संक्रमण, ६०९ जना संक्रमणमुक्त

नेपालमा थप ३६५ जनामा कोभिड १९ संक्रमण, ६०९ जना संक्रमणमुक्त


काठमाडौं-नेपालमा थप ३ सय ६५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ६५ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख ३ हजार ८ सय ७८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय ९ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७८ हजार ३ सय ५० पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ६१ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ