२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकपिलवस्तुको झाडापखाला फैलिएको क्षेत्रका ७८२ बिरामीमध्ये ७२७ जना निको भए

कपिलवस्तुको झाडापखाला फैलिएको क्षेत्रका ७८२ बिरामीमध्ये ७२७ जना निको भए


कपिलवस्तु-झाडापखाला फैलिएको कपिलवस्तुको कृष्णनगर नगरपालिकामा बिरामी परेका ७८२ जनामध्ये ७२७ जना निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार बुधबारसम्म ७ सय २७ जना निको भएका हुन् ।

अहिले १४ जना उपचारका क्रममा रहेका छन् भने ४१ जनालाई बुटवल तथा कपिलवस्तु जिल्ला अस्पतालमा रिफर गरिएको छ । उनीहरुको ती अस्पतालमा उपचार जारी रहेको छ ।

१८ असोजमा कपिलवस्तुको कृष्णनगरमा पहिलो पटक झाडापखालाका बिरामी फेला परेका थिए । त्यसपछि कृष्णनगर नगरपालिकाको ७, ८ र ९ वडामा झाडापखाला फैलिएको थियो । लगतै, स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले औषधीसहितको तीन जनाको टोली पठाएको थियो ।

झाडापखाला नियन्त्रण र उपचारका लागि स्थानीयस्तरमा पनि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलका स्थानीय प्रतिनिधी, स्थानीय निकाय र प्रदेशलगायतका सरोकारवालाहरु परिचालिन भएका थिए । कपिलवस्तुबाट संकलन गरिएका ९ वटा नमुनामा झाडापखालाको ब्याक्टोरिया इ कोली पाइएको थियो ।

झाडापखालाबाट २ जनाको मृत्यु भएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ