२०८० मंसीर २३, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार३९१ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ६८० जना संक्रमणमुक्त

३९१ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, ६८० जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप ३ सय ९१ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख ५ हजार ३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६ सय ८० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८१ हजार ४ सय ५६ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ६ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोभिड-१९ संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ८४ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ