२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप १ हजार ९६ जना संक्रमित थपिए, १ हजार ४ जना संक्रमणमुक्त

नेपालमा थप १ हजार ९६ जना संक्रमित थपिए, १ हजार ४ जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप १ हजार ९६ जनामा कोभिड—१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो ।

दशैंका बेला ३ सय हाराहारीमा झरेको संक्रमण पुनः उकालो लागेका छ । दशैंमा हुने घमघट र भिडभाडले संक्रमण पुनः बढेको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ४ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८३ हजार ३ सय ९७ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १२ जना कोभिड संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा कोभिड—१९ बाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ५ जना पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ