२०८० मंसीर २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनवनियुक्त स्वास्थ्यमन्त्रीको ‘कोर टिम’, को बन्ला विज्ञ सल्लाहकार ?

नवनियुक्त स्वास्थ्यमन्त्रीको ‘कोर टिम’, को बन्ला विज्ञ सल्लाहकार ?


काठमाडौं—नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडाले ‘कोर टिम’ निर्माणको गृहकार्य अगाडि बढाएका छन् । मन्त्री खतिवडाले स्वास्थ्य मन्त्रालयमा आफ्नो ‘कोर टिम’ निर्माणको गृहकार्य थालेसँगै सम्भावित नामहरुमाथि चर्चा हुन थालेको छ ।

२ कात्तिकमा मात्रै मन्त्री खतिवडाले सचिवालयमा अहेब टोप थापालाई ल्याएका छन् । उनी विभागको व्यवस्थापन महाशाखामा काजमा थिए । थापाको दरबन्दी केन्द्रीय कारागारमा रहेको छ ।

मन्त्रीको स्वकीय सचिवका रुपमा सुरज थापाले काम गरिरहेका छन् । उनी नेकपा एस निकट विद्यार्थी संगठनका नेता हुन् ।

यस्तै, तत्कालका लागि मन्त्री खतिवडाले निजी सचिवमा जिल्लावासी मधु मिजारलाई सचिवालयमा ल्याएका छन् । उनी ट्रमा सेन्टरका लेखा अधिकृत हुन् । स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले सचिवालयमा जनक अधिकारीलाई ल्याएका छन् । अधिकारी शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी हुन् ।

मन्त्री चलाउने ‘कोर टिम’

मन्त्री खतिवडा निकटस्रोतकाअनुसार राष्ट्रिय स्वास्थ्यकर्मी संगठनका अध्यक्ष भक्तिमान सुब्बाको नेतृत्वमा सल्लाह दिने टिम रहने छ । सुब्बा नेकपा एसको अनुशासन आयोगका सदस्य समेत हुन् ।

यस्तै, राष्ट्रिय चिकित्सक संघका महासचिव डा. रमेश ढकाल पनि मन्त्रीको किचेन क्याबिनेटभित्र रहने लगभग निश्चित छ । राष्ट्रिय स्वास्थ्यकर्मी संघकी बरिष्ठ उपाध्यक्ष राधा सिलवाल नेकपा एसकी बैकल्पिक केन्द्रीय सदस्य छन् । उनको पनि मन्त्री खतिवडाको सचिवालय सञ्चालनमा हात रहनेछ ।

यस्तै, राष्ट्रिय स्वास्थ्यकर्मी संघका उपाध्यक्ष डा. कृष्णगोपाल महर्जन मन्त्रीको कोर टिम भित्रका हुन् । उनी यसअघि वीर अस्पतालमा कार्यरत थिए । उनी ललितपुरबाट भुगोलको राजनीति पनि गर्दै आएका छन् ।

नर्सिङ काउन्सिलकी पूर्व रजिष्ट्रार रमा पहाडीले मन्त्री खतिवडाको नर्सिङ मामलाको नेतृत्व गर्ने सम्भावना बढी छ ।

यस्तै, स्वास्थ्यकर्मी गोविन्द ढकाल राज्यमन्त्रीको सचिवालयमा ल्याइएका छन् । यस्तै, अच्युत अधिकारी र सृजना ज्ञवालीलाई पनि सचिवालयमा ल्याइएको छ । उनीहरुमध्ये एक जना कम्प्युटर सहायक र अर्का खरदार तहका कर्मचारी हुन् ।

मन्त्रीलाई स्वास्थ्यको नीतिगत सल्लाह दिने विज्ञ सल्लाहकारका दुई जनाको नाम चर्चामा छ । जसमा राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष सुब्बा र चिकित्सक डा. ढकाल छन् । सुब्बा लामो समय सरकारी स्वास्थ्य सेवाबाट अवकास पाएका कर्मचारी हुन् भने ढकाल फिजिसियन हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ