२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिड संक्रमितमध्ये २७६ जना आइसियुमा र १०४ जना भेन्टिलेटरमा उपचाररत

कोभिड संक्रमितमध्ये २७६ जना आइसियुमा र १०४ जना भेन्टिलेटरमा उपचाररत


काठमाडौं – देशभर कोभिड-१९ संक्रमितमध्ये २ सय ७६ जना सघन उपचार कक्ष (आइसियु)मा र १ सय ४ जना भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जारी गरेको बुधबारको तथ्याङ्क अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा ६५ जना भेन्टिलेटर र आइसियुमा १ सय ४३ जना संक्रमित उपचाररत छन्। यस्तै, पछिल्लो २४ घण्टामा ६ सय ३५ जना संक्रमित थपिएका छन्।

यसैगरी, कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ