२०८१ असार ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारबकुलहर अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार

बकुलहर अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार


भरतपुर—चितवनको बकुलहर अस्पतालमा मदिरा सेवन गरेको एक समूहले तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको छ । बिहीबार राति १२ बजे मदिरा सेवन गरेर मातेर आएको ४ जनाको समूहले अस्पतालमा तोडफोड तथा ड्युटीमा रहेका स्वास्थ्यकर्मीमाथि हातापात गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले जानकारी दिए ।

उनकाअनुसार नशाले मातिएका उनीहरुलाई सामान्य चोटपटक लागेको थियो । उनीहरु अस्पतालमा आएर ड्युटीमा रहेका स्वास्थ्यकर्मीलाई चाँडो उपचार गर्न भन्दैं धम्काउने र गालीगलौज गरेका थिए । ड्युटीमा रहेका अहेब पार्वती शर्मा र नर्स मिसु लामा उनीहरुको चोटमा ब्यान्डेज लगाइदिएका थिए ।

तर, नशामा रहेका ४ जनाले अस्पतालका झ्याल र ढोकाका सिसा तोडफोड गर्नुका साथै स्वास्थ्यकर्मीलाई तर्साउने, थर्काउने र गालीगलौज गरेका थिए ।

उनीहरुले अस्पतालको सुरक्षामा रहेका इमर्जेन्सी गार्डलाई कुटपिट समेत गरेको डा. बगालेले जानकारी दिए । ‘इमर्जेन्सीका गार्डमाथि कुटपिट समेत गरेछन्,’ उनले भने । अहिले प्रहरीले उनीहरुलाई खोजी गरिरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ