२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा ७०८ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ९३२ जना संक्रमणमुक्त

नेपालमा ७०८ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ९३२ जना संक्रमणमुक्त


काठमाडौं-नेपालमा थप ७ सय ८ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ७ सय ८ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख ८ हजार ९६ पुगेको छ । जसमध्ये १० हजार ९ सय ४६ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ९ सय ३२ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८५ हजार ८ सय १३ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ३ सय ३७ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ