२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअमेरिकाले अनुदानमा दिएको एक लाख बढी डोज फाइजर खोप भोलिसम्म नेपाल आइपुग्ने

अमेरिकाले अनुदानमा दिएको एक लाख बढी डोज फाइजर खोप भोलिसम्म नेपाल आइपुग्ने


काठमाडौं—अमेरिकाले नेपाललाई १ लाख डोज बढी फाइजर खोप अनुदानमा दिएको छ । सोमबारसम्म उक्त अनुदानमा दिएको खोप काठमाडौं आइपुग्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

‘अमेरिकाले नेपाली जनतालाई १ लाख ६ सय २० डोज फाइजर खोप अनुदानमा दिएको छ,’ दूतावासले भनेको छ, ‘सम्भवतः उक्त खोप भोलिसम्म आइपुग्नेछ ।’

यसअघि पनि अमेरिकाले नेपाललाई १५ लाख डोज खोप नेपाललाई अनुदानमा दिएको थियो । उक्त खोप सिंग्गल डोज खोप हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ