२०८० मंसीर १८, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप ५५७ जनामा कोभिड पुष्टि, ३ को मृत्यु

थप ५५७ जनामा कोभिड पुष्टि, ३ को मृत्यु


काठमाडौं – नेपालमा थप ५ सय ५७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५ सय ५७ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

आइतबार नेपालमा १० हजार २ सय१ सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ सय ७७ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८७ हजार ५ सय ७ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ११ हजार ३ सय ४८ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ