२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपाल आइपुग्यो फाइजरको १ लाख डोज खोप

नेपाल आइपुग्यो फाइजरको १ लाख डोज खोप


काठमाडौं—अमेरिकी सरकारले कोभ्याक्समार्फत अनुदानमा दिएको फाइजरको १ लाख डोज खोप नेपाल आइपुगेको छ । सोमबार बिहान कतार एयरवेजबाट  १ लाख ६ सय २० डोज खोप नेपाल आइपुगेको हो ।

कोभिड—१९ विरुद्ध निकै प्रभावकारी मानिएको फाइजर खोप नेपाल भित्रिएको पहिलो पटक हो । उक्त खोप सोमबार नै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

फाइजर खोप माइनस तापक्रममा खोप भण्डारण गर्ने भौतिक पूर्वाधार नेपालसँग छैन । जसका कारण नेपाल ल्याइएको खोप भण्डारका लागि युनिसेफले १०० लिटर क्षमताको ४ वटा फ्रिज उपलब्ध गराएकाे छ।  यो खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाउने तयारी सरकारको छ ।

यसअघि अमेरिकी सरकारले नेपाललाई कोभ्याक्समार्फत जोनसोन एण्ड जोनसोनको ५० लाख डोज खोप उपलब्ध गराएको थियो ।

सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज फाइजर खरिद सम्झौता समेत गरिसकेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ