२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवीरमा १ हजारमै २४ सैं घण्टा पिसिआर टेष्ट, विदेश जानेलाई फोटो र क्युआर कोडको सुविधा

वीरमा १ हजारमै २४ सैं घण्टा पिसिआर टेष्ट, विदेश जानेलाई फोटो र क्युआर कोडको सुविधा


काठमाडौं—मुलुककै जेठो वीर अस्पतालले १ हजार रुपैयाँ पिसिआर परीक्षण गर्न थालेको छ । विदेश जानेहरुले फोटो र क्युआर कोडको समस्या झेलिरहेका खबर सार्वजनिक भइरहेका बेला वीरको प्रयोगशालाले उक्त दुवै सुविधासहितको पिसिआर परीक्षण १ हजारमै गर्न थालेको हो ।

कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर)का प्रमुख प्रशासकीय अधिकारी डा. भुपेन्द्र बस्नेतले वीरको प्रयोगशालामा क्युआर कोड र फोटोसहित पिसिआर सुविधा २४ सैं घण्टा उपलब्ध रहेको जानकारी दिए ।

‘हामीले क्युआर कोड र फोटोसहितको पिसिआर सुविधा २४ सैं घण्टा उपलब्ध गराइरहेका छौं,’ उनले हेल्थआवाजसँग भने, ‘शुल्क पनि १ हजार रुपैयाँमात्र रहेकाले सस्तो पनि छ ।’ डा. बस्नेतले सर्वसाधारणलाई सुविधा र राहत पु¥याउने उद्देश्यका साथ सहज र सुलभ रुपमा वीरको प्रयोगशालामा पिसिआर परीक्षण सुविधा उपलब्ध गराएको जानकारी दिए ।

उनकाअनुसार अहिले वीरले एक दिनमा १ सयदेखि १ सय ५० सम्मले परीक्षण गरिरहेकाले भिडभाडको समस्या समेत छैन । वीरले लाइन र भिडभाड नहोस् भनेर व्यवस्थित रुपमा स्वाब कलेक्सन गरिरहेको छ ।

त्यसबाहेक पिसिआर रिपोर्ट पनि मोबाइल र इमेल दुवैमार्फत पठाउने सुविधा पनि वीरले सुरु गरेको छ । ‘यसले आम सर्वसाधारलाई सस्तो र सहज रुपमा पिसिआर सुविधा लिन सक्नेछन्,’ डा. बस्नेतले थपे । अहिले धेरै निजी प्रयोगशालाहरुले भने १ हजारमा पिसिआर परीक्षण गर्दैनन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ