२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारएस्ट्राजेनेका खोपको दोस्रो डोज आजदेखि लगाइदै

एस्ट्राजेनेका खोपको दोस्रो डोज आजदेखि लगाइदै


काठमाडौँ – कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज आजबाट लगाइदै छ । काठमाडौंका ८ वटा स्थानीय तहमा पहिलो डोज लगाएका १८ वर्षमाथि उमेर समूहलाई दोस्रो डोज दिन सुरु गरिएको हो।

काठमाडौं महानगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका,टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकाबाट खोप प्रदान गरिएको छ।

त्यस्तै, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट पनि खोप दिइनेछ ।

उक्त खोप अभियान स्थानीय तहका खोप केन्द्रमा तीन दिन र तोकिएका अस्पतालमा दुई दिन सञ्चालन हुनेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ