२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदर्ता भएका १३९ चिकित्सकको नाम मेडिकल काउन्सिलले हटायो

दर्ता भएका १३९ चिकित्सकको नाम मेडिकल काउन्सिलले हटायो


काठमाडौँ – नेपाल मेडिकल काउन्सिलले नेपालमा दर्ता भएका १३९ जना चिकित्सकको नाम हटाएको छ।

काउन्सिलले हालै दर्ता भएका चिकित्सकले नाम, ठेगाना र योग्यता खोली किताबमा दर्ता गर्ने, दिवंगत भएका वा सदस्यताबाट नाम हटाइने भएका चिकित्सकहरूको नाम हटाइएको सूचित गराएको हो।

काउन्सिलले जारी गरेको तथ्यांक अनुसार नाम हटाइएका १३९ जना मध्ये १३७ जनाको चिकित्सकको मृत्यु भइसकेको छ। भने, बाँकी रहेका २ जनामा १ जनाको गलत कागजात रहेको र अर्को एक जना निष्काशित चिकित्सक रहेका छन्।

काउन्सिलले जारी गरेको चिकित्सकको सूची हेर्न यहाँ क्लिक गर्नुहोस ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ