२०८१ साउन ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारफाइजरको खोप २८ कात्तिकदेखि दिने सरकारको तयारी

फाइजरको खोप २८ कात्तिकदेखि दिने सरकारको तयारी


काठमाडौँ – सरकारले फाइजरको खोप २८ कात्तिकदेखि लगाउने तयारी गरेको छ। कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट प्राप्त भएको कोभिडविरुद्धको १ लाख ६ सय २० डोज फाइजर खोप २८ कात्तिकदेखि लगाउने तयारी भएको हो।

उक्त खोप २८ गतेदेखि मंसिर ३ गतेसम्म लगाइने स्वास्थ्य सेवा विभागले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्ण पौडेलले फाइजर खोप १२ वर्षमाथिका मुटु, किड्नी लगायतका दीर्घ रोग भएका बालबालिकालाई दिइने बताए ।

‘हामीले दीर्घ रोग भएका १२ वर्षमाथिका बालबालिकालाई खोप दिने तयारी गरेका छौं,’ उनले हेल्थआवाजसँग भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ