२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेडिकल काउन्सिल निर्वाचन : देशभर २१ स्थानीय निर्वाचन केन्द्र र निर्वाचन अधिकृत तोकिए

मेडिकल काउन्सिल निर्वाचन : देशभर २१ स्थानीय निर्वाचन केन्द्र र निर्वाचन अधिकृत तोकिए


काठमाडौं—नेपाल मेडिकल काउन्सिलले आसन्न निर्वाचनका लागि स्थानीय निर्वाचन केन्द्र, निर्वाचन अधिकृत एवं मतदान मिति तोकेको छ । बुधबार काउन्सिलको निर्वाचन समितिले स्थानीय निर्वाचन केन्द्र, निर्वाचन अधिकृत र मतदान मिति निश्चित गरेको हो ।

त्यसका लागि काउन्सिलको निर्वाचन समिति २१ वटा निर्वाचन केन्द्र र निर्वाचन अधिकृत तोकेको छ। काउन्सिलको निर्वाचन ४ मङ्सिरदेखि निर्वाचन सुरु हुनेछ भने ११ गतेसम्म सकिनेछ।

काउन्सिलको एक उपाध्यक्षमा ३ जना र आठ जना सदस्य पदका लागि हुन लागेको निर्वाचनमा ३२ जनाले उम्मेदवारी दिएका छन्। यतिबेला उम्मेदवारहरु चिकित्सकहरुसँग आफ्ना प्रतिवद्धता र योजना लिएर चिकित्सकहरुसँग भोट माग्न जुटेका छन्।

यसअघि काउन्सिलको ९ भदौंमा बसेको पूर्ण बैठकले डा. गणेश कुमार राईका नेतृत्वमा डा. मधुसुदन पुन, डा. मनोज हुमागाई सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो । जसको सदस्य सचिवमा अनिता लामा रहेकी छन् ।

काउन्सिलको निर्वाचनमा ८ भदौंसम्म काउन्सिलमा दर्ता भएका चिकित्सकहरुले भाग लिने पाउनेछन् । निर्वाचित पदाधिकारी र सदस्यको कार्यकाल चार वर्षको हुन्छ ।

यस्तो छ तालिका

No description available.

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ