२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार१ करोड फाइजर र मोर्डनाको खोप किन्ने सम्झौता एक साता भित्रै हुने 

१ करोड फाइजर र मोर्डनाको खोप किन्ने सम्झौता एक साता भित्रै हुने 


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले अमेरिकाकासँग मोर्डना र फाइजरको १ करोड डोज खोप खरिदका लागि एक साता भित्र सम्झौता भइसक्ने बताएका छन्।

बिहीबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दैं मन्त्री खतिवडाले यस्तो जानकारी दिएका हुन् ।

उनले १२ वर्षमाथिका बालबालिकालाई लगाउने गरी उक्त खोप ल्याउने सम्झौता हुन लागेको बताएका हुन् । बिहीबार अमेरिकी सरकारले कोभ्याक्समार्फत १ लाख २० हजार डोज खोप नेपालाई उपलब्ध गराएको थियो। उक्त खोप १२ वर्षमाथिका दीर्घ रोगका बिरामी बालबालिकालाई दिने तयारी सरकारको छ ।

यस्तै, मन्त्री खतिवडाले चीन र भारतमा पनि ११ वर्ष माथिका बालबालिकालाई लगाउने खोप अन्तिम ट्रायल भइरहेकाले जहाँबाट चाडो ल्याउन सकिन्छ त्यहीबाट ल्याएर खोप लगाइने बताए ।

मन्त्री खतिवडाले मन्त्रालयले चैतसम्म सबै नागरिकलाई कोभिड—१९ विरुद्धको खोप लगाइसक्ने गरी अगाडि बढेको समेत बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ