२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा. आरपी बिच्छा प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त

डा. आरपी बिच्छा प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त


काठमाडौँ – बाल रोग विशेषज्ञ डा. आरपी बिच्छा प्रधानमन्त्री शेर बहादुर देउवाको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त भएका छन्। गएको सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त गरेको हो।

नयाँ जिम्मेवारीसँगै उनले राजपत्राङ कित विशिष्ट श्रेणी सरह सुविधा पाउने भएका छन्।

यसअघि उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक थिए। सरकारले उनको सेवा अवधि ३ वर्ष थप गरेसँगै कार्यकारी पदमा बस्न नमिल्ने भएको थियो। सोहीकारण उनी स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकबाट जिम्मेवारी मुक्त भएका थिए।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ