२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआइओएमले परीक्षा शुल्क बढाउने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रने विद्यार्थी संगठनको चेतावनी

आइओएमले परीक्षा शुल्क बढाउने निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रने विद्यार्थी संगठनको चेतावनी


काठमाडौँ – चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले बढाएको परीक्षा शुल्क प्रति विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन्।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र नेशनल मेडिकल स्टुडेन्ट एसोसियसनले विज्ञप्ति जारी गरी आइओएमले विभिन्न विधाका नियमित तथा पूरक परक्षिा शुल्क बढाउन मेडिकल कलेजहरुलाई पत्र काटेकोमा आपत्ति जनाएका हुन्।

अनेरास्ववियु महाराजगञ्ज नर्सिङ क्याम्पसका अध्यक्ष ऋचा घिमिरे, अनेरास्ववियु महाराजगञ्ज चिकित्सा क्याम्पसका अध्यक्ष विनय पज्ञानी र एनएमएसएका अध्यक्ष डा.मिलन गैरेले संयुक्त विज्ञप्ति निकालेर डिन कार्यालयले आफ्नो क्षेत्राधिकार बाहिर गई मनलाग्दी शुल्क वृद्धि गरेको भन्दै तत्काल सो निर्णय फिर्ता लिन आग्रह गरेका हुन्।

आइओएमले गत कार्तिक ७ गते आफु मातहतका १५ वटा मेडिकल कलेजलाई परीक्षा शुल्क निर्धारण गरि कार्यान्वयनका लागि पत्र काटेको थियो । स्नातक तहको परीक्षा शुल्क नियमित तर्फ २५ सयबाट ९ हजार, स्नातकोत्तर तर्फ चिकित्सा विज्ञानको १ लाखबाट डेढ लाख र नर्सिङ तथा पारामेडिक्सको १ लाख निर्धारण गरेको छ ।

डिन कार्यालयले आफै शुल्क निर्धारण गरेर विद्यार्थीलाई दुख दिने काम गरेको भन्दै सो निर्णय फिर्ता नलिए चर्को आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन्।

No description available.

No description available.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ