२०८० मंसीर २०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारवरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदयको ६६ वर्षको उमेरमा निधन

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदयको ६६ वर्षको उमेरमा निधन


काठमाडौं—वरिष्ठ मुटु रोग विशेषज्ञ डा. उदयकुमार श्रेष्ठको निधन भएको छ । १२ कात्तिकमा ६६ वर्षको उमेरमा डा. श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेसन एण्ड पिआर प्रमुख सोमनाथ बाँस्तोकाअनुसार मिर्गौला फेल र पेट सम्बन्धी रोगका कारण डा. श्रेष्ठको निधन भएको हो ।

नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले इमान्दार, लगनशील र प्रतिष्ठित बरिष्ठ मुटु रोग विशेषज्ञ गुमाएको बताएका छन् । डा. श्रेष्ठ नेपाल चिकित्सक संघका आजीवन सदस्य समेत हुन् ।

स्व. डा. श्रेष्ठले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा पु¥याएको योगदानको पनि डा. रिजालले स्मरण गरेका छन् ।

उनी पछिल्लो समय जावलाखेलस्थित अल्का अस्पतालमा सेवारत थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ