२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्टार अस्पतालले सञ्चालनमा ल्यायो अत्याधुनिक ग्यास्ट्रोएन्टेरोलोजी सेन्टर [फोटोफिचर]

स्टार अस्पतालले सञ्चालनमा ल्यायो अत्याधुनिक ग्यास्ट्रोएन्टेरोलोजी सेन्टर [फोटोफिचर]


काठमाडौँ—सानेपास्थित स्टार अस्पतालले अत्याधुनिक उपकरण, भौतिक पूर्वाधार र जनशक्तिसहितको ग्यास्ट्रोएन्टेरोलोजी सेन्टर सञ्चालमा ल्याएको छ ।

अस्पतालको मुख्य भवनको पाँचौ तलामा १० हजार स्क्वायर फिटमा देशकै अब्बल ग्यास्ट्रो सेन्टरका रुपमा विकास गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएका अस्पतालका मेडिकल निर्देशक डा. शैल रुपाखेतीले जानकारी दिए ।

सेन्टरले जिआइ सर्जरी, पेडियाट्रिक ग्यास्ट्रोएन्टेरोलोजी लगायतका ग्यास्ट्रोका सबै सेवाहरु उपलब्ध गराउनेछ ।

‘स्व. डा. आइएल आचार्यको सपना पहिलेदेखि नै राम्रो ग्यास्ट्रो सेन्टर सञ्चालनमा ल्याउने थियो । उहाँ हामीबीच कोभिडले गर्दा रहनु भएन,’ डा. रुपाखेतीले भने, ‘हामीले उहाँको सपनालाई साकार पार्दै नेपालकै ठूलो ग्यास्ट्रो सेन्टर बनाएर सबै चीज एकै ठाउँमा हुने गरी सेन्टर सुरु गरेका हौ ।’

उनले सेन्टर डा. आइएलको ड्रिम र आफूहरुको पनि ड्रिम भएको बताए। ‘ग्यास्ट्रोएन्टेरोलोजिष्ट, ग्यास्ट्रोसर्जनलगायतको ग्यास्ट्रो पेडियाट्रिसियनको हाम्रो ठूलो जमात छ, जसलाई एकै ठाउँमा राख्नका लागि हामीले ग्यास्ट्रो सेन्टर सुरुवात गरेका हौं,’ उनले थपे ।

अहिले सामान्य रुपमा सुरु गरिएपनि कोभिड—१९ को अवस्था हेरेर एक महिनाभित्र ग्राण्ड ओपनिङ गर्ने उनले बताए । उनले ग्यास्ट्रो सम्बन्धि सम्पूर्ण रोगको निदान एकै ठाउँमा हुने गरी सेन्टर बनाइएको बताए ।

भर्खरै लन्च भएको ओलम्पसको अत्याधुनिक इन्डोस्कोपी, इन्डोकोपीको अल्ट्रासाउण्ड, फाइब्रो स्क्यान, म्यानोम्याट्री, पावर स्पाइरल इन्डोस्कोपी र बालबालिकाको लागि छुट्टै इन्डोस्कोपी पनि ल्याइएको छ ।

डा. दिपेशलाल गुरु आचार्यले अहिले सेन्टरको नेतृत्व गर्नेछन् । डा. दिनेश श्रेष्ठ, डा. रमिला, डा. दिनेश श्रेष्ठ, डा. श्रीजन प्रधान, डा. अमित जोशी र पेडियाट्रिक ग्यास्ट्रोएन्टेरोलोजिष्ट डा. सत्यम रिमाल, डा. विनिता गुरू आचार्यलगायतको अनुभवी टिम रहेको उनले जानकारी दिए । यस्तै, सर्जिकल टिममा डा. सुनिल शर्मा, डा. तुहिन साह, डा. पनिर राई, डा. सत्य देव, डा. सुनिल श्रेष्ठलगायतको टिम रहेको छ ।

‘यी दुवै टिमको फ्युजनमा ग्यास्ट्रो सम्बन्धि सम्पूर्ण रोगहरुको एउटै निदान हुने ठाउँ बनाउनका लागि हामीले यो सुरु गरेका हौंं,’ उनले भने ।

सेन्टरका प्रमुख डा. दिपेशलाल गुरु आचार्यले टेक्लोलोजी र टिमका हिसाबले सेन्टर सशक्त बनेको बताए । ‘स—सानो चीजहरु पनि मिस नहोस् विशेषगरी कोलोनको स—सानो पोलिभहरु भन्नका लागि अत्याधुनिक टेक्नोलोजी ल्याएका छौं,’ उनले भने, ‘सानो आन्द्रा हेर्ने मेसिन पहिलो चोटी भित्र्याएका छौं । साना आन्द्राभित्र ब्लडिङ भएको छ भने हेर्ने मेसिन पहिलो पटक नेपालमा आएको छ ।’

उनकाअनुसार पावर स्पाइरल टेक्नोलोजी पनि पहिलो पटक नेपाल आएको उनको भनाइ थियो । उनले पेट र आन्द्रा सम्बन्धि सम्पूर्ण सेवाहरु सेन्टरमा उपलब्ध हुने बताए ।

पेडियाट्रिक ग्यास्ट्रोएन्टेरोलोजिष्ट सत्यम रिमालले विगत ७—८ वर्षदेखि नै बालबालिकाहरुको कोलोनस्कोपी र इन्डोस्कोपी भइरहेको बताउँदैं अब स्टार अस्पतालले ग्यास्ट्रोएन्टेरोलोजीको विशेषज्ञ सेन्टर सञ्चालनमा ल्याएको बताए ।

‘भौतिक पूर्वाधारका हिसाबले एक राम्रो जीआई सेन्टर हो । जनशक्तिका हिसाबले पनि वेष्ट चिकित्सकहरु भएकाले पेड्रियाट्रिक जीआईलाई निकै माथि लैजान सकिन्छ भन्ने विश्वास मैले आशा लिएको छु,’ उनले भने ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ