२०८१ असार ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारतिहार मनाउन काठमाडौं बाहिर जानेलाई यी स्थानबाट खोप दिन सुरु

तिहार मनाउन काठमाडौं बाहिर जानेलाई यी स्थानबाट खोप दिन सुरु


काठमाडौं- सरकारले तिहार मनाउन काठमाडौं बाहिर जानेहरुका लागि कोभिड-१९ विरुद्धको खोप दिन सुरु गरेको छ। मंगलबारबाट कोटेश्वर चोक, गोंगबु बसपार्क, बल्खु चोक र कलंकी चोकमा खोप लगाउन सुरु गरिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोपको दुवै मात्रा दिइरहेको छ। पहिलो मात्रा लगाइसकेकाहरुले खोप कार्ड देखाएर दोस्रो मात्रा खोप लगाउन सक्छन् भने पहिलो खोप लगाउनेले परिचय पत्र लग्नुपर्ने छ।

यात्रुहरुलाई भेरोसेल र एस्ट्रेजेनेकाको खोप दिइने मन्त्रालयले जनाएको छ । खोप बिहान ७:३० देखि दिउसो ४ बजेसम्म लगाइने छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ