२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालहरुलाई नन कोभिड सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

अस्पतालहरुलाई नन कोभिड सेवा सुचारु गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन


काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड अस्पतालहरुलाई नन कोभिड सेवा पनि सुचारु गर्ने निर्देशन दिएको छ ।

मन्त्रालयले सोमबार पत्रचार जारी गर्दै समुदाय र अस्पतालमा कोभिड संक्रमितको संख्या न्यून रहेकोले नन कोभिड सेवाहरु पनि सुचारु गर्न सबै अस्पतालहरुलाई निर्देशन दिएको हो।

‘हाल कोभिड–१९ बिरामीको संख्या समूदाय र अस्पतालहरुमा समेत न्यून भएकाले कोभिड बिरामीको उपचारका लागि छुट्टै इकाई व्यवस्था गरी नियमित नन कोभिड सेवा को पनि व्यवस्थापन गर्न सम्पूर्ण अस्पताललाई २०७८/७/१५ को सचिवस्तरको निर्णयनुसार अनुरोध छ, ‘जारी पत्रचारमा उल्लेख छ।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ