२०८० मंसीर १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचीनले अनुदानमा दिने थप ३० लाख डोज खोप प्रक्रियामा, १६ लाख डोज सरकारलाई हस्तान्तरण

चीनले अनुदानमा दिने थप ३० लाख डोज खोप प्रक्रियामा, १६ लाख डोज सरकारलाई हस्तान्तरण


काठमाडौं—चीन सरकारले अनुदानमा दिने थप ३० लाख डोज खोप प्रक्रियामा रहेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित चीनले अनुदानमा उपलब्ध गराएको खोप हस्तान्तरण कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले उक्त जानकारी दिएकी हुन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई चीन सरकारले अनुदानमा दिएको १६ लाख डोज खोप हस्तान्तरण गर्दै चिनियाँ राजदूत यान्छीले चीन र नेपाल सँगैसँगै कोभिड—१९ विरुद्धको लडाइ लडिरहेको बताइन् ।

‘चीन र नेपाल कोभिड—१९ विरुद्धको लडाइमा सँगसँगै छौं,’ उनले भनिन्, ‘हामीले नेपाललाई अनुदानमा थप ३० लाख डोज खोप उपलब्ध गराउने प्रयास प्रक्रियामा छ ।’ स्वास्थ्यमन्त्रीसँग छलफल गरेर नेपाल स्वास्थ्य क्षेत्रको लगानीलाई पनि अझ बढाउने राजदूत यान्छीले बताइन् ।

राजदूत यान्छीले अहिले नेपाललाई अनुदानमा उपलब्ध गराइएको खोप अन्य देशलाई झैं बीआरआई परियोजनाअन्तर्गतको उल्लेख गराइएको जानकारी दिइन् ।

चीनबाट अहिलेसम्म सबै गरी १ करोड ५० लाख डोज खोप आइसकेको छ । अरु खोप पनि कोभ्याक्समार्फत आउने तयारीमा रहेको कार्यक्रममा जानकारी दिइएको थियो । यस्तै, चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ३ लाख डोज खोप अनुदानमा उपलब्ध गराएको छ ।

कार्यक्रममा स्वास्थ्यमन्त्री खतिवडाले चीन सरकारलेको सहयोगमा लागि धन्यवाद दिदैं आगामी दिनमा चीनको सहयोग जारी रहने विश्वास व्यक्त गरे ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले निरन्तर प्राप्त सहयोग र समर्थनका लागि चीन सरकार र चिनियाँ राजदूत यान्छीप्रति धन्यवाद व्यक्त गरे ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ