२०८० मंसीर १६, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्य व्यवसायी परिषद्को दोस्रो लाइसेन्स परीक्षा ८, ९ र १० पुसमा हुने

स्वास्थ्य व्यवसायी परिषद्को दोस्रो लाइसेन्स परीक्षा ८, ९ र १० पुसमा हुने


काठमाडौं—नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले दोस्रो लाइसेन्स परीक्षा ८, ९ र १० पुसमा लिने भएको छ । बुधबार एक सूचना प्रकाशित गर्दै परिषद्ले दोस्रो लाइसेन्स परीक्षाको मिति तोकेको हो ।

यसअघि गत २१, २२ र २३ भदौं परिषद्ले पहिलो लाइसेन्स परीक्षा सञ्चालन गरेको थियो । परिषद्काअनुसार दोस्रो लाइसेन्स परीक्षामा सहभागी हुनका लागि १६ कात्तिकदेखि १५ मंसिरसम्म आवेदन दिन सकिनेछ ।

यस्तै, दोब्बर शुल्क तिरेर २० मंसिरसम्म नाम दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन दिन सकिनेछ ।

आवेदन शुल्क सबै तहका परीक्षार्थीलाई ३ हजार रुपैयाँ तोकिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ