२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज

नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज


काठमाडौं—नेपालमा कोभिड-१९ विरुद्धको खोप अभियान तीब्र गतिमा अगाडि बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबारसम्म १ करोड ६१ लाख बढीले कोभिड—१९ विरुद्धको खोप लगाएका छन् ।

मन्त्रालयको तथ्यांकअनुसार देशभर खोप अभियान सुरु भएदेखि अहिलेसम्म १ करोड ६१ लाख ७३ हजार २ सय ४६ जनाले पहिलो खोप लगाइसकेका छन् । जसमध्ये कम्तिमा एक डोज लगाउने ८७ लाख ३७ हजार ५ सय ३२ जना रहेका छन्, जुन २८.८ प्रतिशत हो ।

यस्तै, दुवै डोज खोप लगाउने नेपालीको संख्या ७४ लाख ३६ हजार ७ सय १४ जना रहेको छ । जुन कुल जनसंख्याको २४.५ प्रतिशत हो ।

३ करोड ३ लाख बढी जनसंख्या रहेको नेपालमा १८ वर्षमाथिको १ करोड ९९ लाख २२ हजार १ सय ६४ खोपका लागि लक्षित जनसंख्या रहेको छ । यस्तै, १५ वर्षमाथिको २ करोड १७ लाख ५६ हजार ७ सय ७३ लक्षित जनसंख्या रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ