२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारऔषधीको मुल्यवृद्धि भएको विषय प्रधानमन्त्रीसम्म पुग्छ: स्वास्थ्यमन्त्री खतिवडा

औषधीको मुल्यवृद्धि भएको विषय प्रधानमन्त्रीसम्म पुग्छ: स्वास्थ्यमन्त्री खतिवडा


काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले औषधी व्यवस्था विभागका विषयमा सार्वजनिक रुपमा बाहिर आएका विषयलाई चाडोभन्दा चाडो निश्कर्षमा पु¥याउनुपर्ने बताएका छन् ।

सोमबार औषधी व्यवस्था विभागले आयोजना गरेको नेपालमा औषधी नियमन सम्बन्धी नीतिगत छलफल कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले  बढाएको औषधीको मुल्यको जिम्मेवार व्यक्तिले जवाफ दिनुपर्ने बताए । ‘बाहिरबाट आउने औषधीको किन त्यति धेरै मुल्य निर्धारण गरियो म मन्त्री भएका कारण मेरो जिम्मेवारीमा पर्ला,’ उनले भने, ‘ मभन्दा अझ माथि प्रधानन्त्री कहाँ पुग्ला ।’

उनले यस्ता निर्णय गर्दा सोध्न आउने मानिसलाई जवाफ दिन सक्ने गरी निर्णय गर्नुपर्ने बताए । ‘सोध्न आउने मान्छेलाई जवाफ दिन सक्ने गरी, मुन्टो निहु¥याएर भाग्नु नपर्ने गरी, अलिअलि रातो मुख पारेर जवाफ दिनु नपर्ने गरी, सकभर छल्दै हिड्नु नपर्ने गरी, त्यतिसम्म विचार गरेर निर्णय गर्नुपर्छ,’ उनले भने, हामीले मुल्यवृद्धि गर्नुपर्ने, मुल्य निर्धारण गर्दा, मुल्य घटाउदा पर्दा या जे गर्दा पनि त्यति कुरा सम्झेर कानुनलाई ध्यान दिएर ग¥यौ भने हामी सही निष्कर्षमा पुग्छौ ।’

मन्त्री खतिवडाले विभागका महानिर्देशक नारायण ढकालबाट मुल्य निर्धारण विभागलाई धेरै बोझ प¥यो, त्यसलाई कुनै संयन्त्र बनाइदिए हुन्थ्यो भन्ने आफूसँग धारणा राखेको बताए । ‘त्यसो गर्दा मेरो टाउकोमा लाग्ने आरोपबाट मुक्त हुन्छु भन्ने लागेको होला,’ उनले भने, ‘त्यही संयन्त्रमा जान्थ्यो त्यही संयन्त्रले निर्णय गर्यो अनि मैले गरिदिए भन्ने उहाँलाई लाग्ला तर बाहिर आइरहेका विषयमा कुनै न कुनै निष्कर्षमा चाडै पुग्नुपर्छ ।’ उनले कानुन राम्रो होस र गल्ती नहोस भनेर बनाइएको बताए । तर, कानुनी छिद्रलाई समातेर सकारात्मक ठाउँमा नकारात्मक तत्व छिर्ने गरेको भन्दै त्यसमा विचार पु¥याउनुपर्ने उनको भनाइ थियो ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले विभागमा देखिएका समस्या र बाहिर आएका विषयलाई समाधान गर्न कार्यदल गठन गरेर अध्ययन गर्नुपर्ने बताए । ‘डिडिएमा विभिन्न समस्या छन् तिनलाई सम्बोधन गर्न निश्चित समय सिमा दिएर समिति बनाउनुपर्छ र त्यसको सुझावका आधारमा समाधान गर्दै जानुपर्छ,’ उनले भने ।

विभागका महानिर्देशक ढकालले १ बैशाख २०७७ देखि असोजसम्म ५२ विदेशी औषधीको कानुन विपरीत मुल्य बढाइदिएको विषय हेल्थ आवाजले सार्वजनिक गरेको थियो । जसका कारण बिरामीलाई करोडौ रुपैया भार थपिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ