२०८१ माघ ३०, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकानुनविपरित औषधीको मुल्यवृद्धि गर्ने महानिर्देशकलाई कारवाही नगर्न माग गर्दै स्वास्थ्य सचिव कहाँ डेलिगेसन

कानुनविपरित औषधीको मुल्यवृद्धि गर्ने महानिर्देशकलाई कारवाही नगर्न माग गर्दै स्वास्थ्य सचिव कहाँ डेलिगेसन


काठमाडौं—कानुनविपरित विदेशी औषधीको मुल्यवृद्धि गर्ने औषधी व्यवस्था विभागमा विवादित महानिर्देशक जोगाउन औषधी आयातकर्ताहरु स्वास्थ्य सचिव डा. रोशन पोखरेल कहाँ डेलिगेसनमा गएको खुलेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले कानुन विपरित मुल्यवृद्धि गर्ने महानिर्देशक ढकालमाथि छानविनको जिम्मेवारी स्वास्थ्य डा. पोखरेललाई दिएपछि आयातकर्ताहरुको जुलुस नै लिएर स्वास्थ्य सचिवलाई भेट्न पुगेका थिए ।

एक हप्ताअघि आयातकर्ता संघका पदाधिकारीहरुले स्वास्थ्य सचिवलाई भेटेर ढकालले औषधीको मुल्य बढाएको स्वभाविक प्रक्रिया भएको भन्दैं कुनै पनि किसिमको कारवाही नगर्न दबाद दिएको मन्त्रालय निकट स्रोतले हेल्थआवाजलाई जानकारी दिएको छ । स्वास्थ्य सचिवले सो विषय आफूले अध्ययन गरिरहेको र कानुनविपरित पाइए जोगाउन नसकिने स्पष्ट जवाफ दिएको स्रोतको दावी छ ।

सचिवले आयातकर्ताका पदाधिकारी यदि ढकाल सही भए त्यसका लागि सार्वजनिक वक्तव्य जारी गर्न पनि सुझाव दिएका थिए । तर, ढकाल कानुनविपरित मुल्यवृद्धि गरिदिएका कारण ढकाललाई जोगाउन नसकिने निष्कर्षसहित आफूहरु मन्त्रालय फर्किएको सचिवलाई भेट्न पुगेका एक आयातकर्ताले बताए ।

महानिर्देशक ढकालले कानुनविपरित २०७४ बैशाखदेखि लगातार विभिन्न औषधीको मुल्य बढाइरहेका छन् । उनले आयातकर्ताहरुलाई लाभ पुग्ने गरी कानुनविरित उक्त काम गरेको कुरा हेल्थआवाजले लगातार सार्वजनिक गरिरहेको छ ।

आयातकर्ता संघका महासचिव पवन आचार्यले आफूहरु सचिव कहाँ सो विषयलाई लिएर छलफल गर्न गरेको पुष्टि गरे । ‘हामी सचिवज्यू कहाँ डेलिगेसन गएका हौं,’ उनले भने, ‘बढाइएका भनिएका औषधीको मुल्य उत्पादित देशमा बेचिने मुल्यभन्दा बढी छैन, उत्पादित एमआरपीभन्दा बढी भए छानविन हुनुपर्छ पनि भनेका छौं ।’

तर, हेल्थआवाजले भारतको औषधीको मुल्य निर्धारण गर्ने आधिकारिक सरकारी निकाय राष्ट्रिय औषधी मुल्य निर्धारण प्राधिकरणले तोकेको मुल्यसँग ढकालले बढाएका मुल्य दाजेर हेर्दा धेरै फरक पाइएको थियो ।

ढकालले आफूखुसी ०७७ बैशाखदेखि असोजसम्म १ सय ९० वटा औषधीको नवीकरण गरेकामा ५२ वटा औषधीको कानुन विपरित २० प्रतिशतसम्म मुल्यवृद्धि गरेका थिए । महालेखा प्रारम्भिक प्रतिवेदनमा त्यो भन्दा अघिल्लो वर्ष पनि ३४ प्रतिशतसम्म औषधीको मुल्यवृद्धि गरेको र सो मुल्यवृद्धि गर्ने अधिकारी औषधी व्यवस्था विभागका कुनै पनि अधिकारीलाई नभएकाले कानुनअनुसार कारवाही गर्नुपर्ने रायसहित पत्र स्वास्थ्य मन्त्रालयलाई पठाएको थियो ।

यो पनि पढ्नुस्

महानिर्देशक ढकालले कानुन विपरित गुपचुप ५० बढी औषधीको मुल्य बढाएको खुलासा

ढकालले कानुन विपरित बढाएको भारतीय औषधीको मुल्य भारत सरकारले तोकेको भन्दा बढी

महानिर्देशक ढकालले कानुन विपरित औषधीको मुल्यवृद्धि गर्दा बिरामीलाई करोडौं आर्थिक भार


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ