२०८२ असार २१, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारलोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ ठुलो संख्यामा खुलायो विज्ञापन

लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ ठुलो संख्यामा खुलायो विज्ञापन


काठमाडौँ – लोक सेवा आयोगले स्वास्थ्य सेवातर्फ आठौँ र सातौँ तहको पदमा पदपूर्तिका आवेदन खुल्ला गरेको छ । आयोगले सातौँ तह र आठौँ तहमा गरी ९६ जनाको पदपूर्तिका लागि आवेदन खुल्ला गरेको हो ।

आयोगका अनुसार रेडियोग्राफी टेक्नोलोजिष्ट, मेडिकल ल्याब टेक्नोलोजिष्ट, फार्मेसी अधिकृत, कम्यूनिटी नर्सिङ अधिकृत,मेडिकल अधिकृत, नर्सिङ अधिकृत, फिजियोथेरापिष्ट, वायोमेडिकल इञ्जिनियर लगायतका पदका लागि विज्ञापन खुलेको हो।

मेडिकल अधिकृत, नर्सिङ अधिकृत, कम्यूनिटी नर्सिङ अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिष्ट, फार्मेसी अधिकृत, फिजियोथेरापिष्ट, वायोमेडिकल इञ्जिनियर, रेडियोग्राफी टेक्नोलोजिष्ट लगायतका पदमा आवेदन खुल्ला गरेको हो ।

यसपटक मेडिकल अधिकृत खुल्लातर्फ सबैभन्दा बढी २०, आदिवासी जनजाती ४, महिलातर्फ ६ र मधेसी १ जना माग गरिएको छ। यस्तै, पिछडिएको क्षेत्रका लागि १ मेडिकल अधिकृतको कोटा छ्ट्याइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ