काठमाडौँ – सरकारले आइतबारदेखि कोभिड-१९ विरुद्ध फाइजर खोप लगाउन सुरु गर्ने भएको छ । अमेरिकाले कोभ्याक्स सुविधा अन्तर्गत उपलब्ध गराएको १ लाख डोज खोप लगाउन आइतबारदेखि दिन लागिएको हो।
सो खोप १२ वर्ष माथिका दीर्घरोगीहरुलाई दिइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ। महाशाखाका अनुसार २८ कात्तिक देखि ४ मंसिरसम्म तोकिएका दीर्घरोगीहरुको लागि र ५ मंसिर देखि ७ मंसिरसम्म १२ देखि १७ वर्ष उमेर समूहका अन्य व्यक्तिलाई पहिलो मात्रा खोप दिइने छ।
१२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी, लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति, लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि सेवन गरिरहेका बिरामी र जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामीलाई दिने सरकारको तयारी छ ।
त्यस्तै, लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पूर्जा बमोजिम औषधि खाइरहेका बिरामी, अंग प्रत्यारोपण गरेका व्यक्ति, लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भई चिकित्सकको निगरानीमा उपचार गराइरहेका बिरामी र मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (जस्तै पक्षघात, एन्युरिजम, रक्तनलीमा भएका विकृती आदी) लागेका व्यक्ति पनि फाइजर खोपको प्राथमिकतामा पर्ने छन् ।
खोप बाँकी रहेमा १२ देखि १७ बर्ष उमेर समूहका अन्य व्यक्तिलाई पनि दिइने सरकारको तयारी छ । फाइजर खोप अभियानका लागि काठमाडौँ उपत्यकामा ८ वटा र उपत्यका बाहिर १६ वटा अस्पताललाई खोप केन्द्र तोकिएको छ ।
खोप केन्द्रहरु :-
