२०८१ चैत्र ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार५ करोड लगानीमा डाक्टरले खोलेको प्रथम प्याथालोजी ल्याबरोटरी प्रा.लि. उद्घाटन

५ करोड लगानीमा डाक्टरले खोलेको प्रथम प्याथालोजी ल्याबरोटरी प्रा.लि. उद्घाटन


काठमाडौं—लाजिम्पाटमा किड्नी एण्ड ट्रान्सप्लान्ट प्थाथालोजिष्टले सञ्चालनमा ल्याएको प्रथम ल्याबरोटरी प्रा.लि. औपचारिक रुपमा सञ्चालनमा आएको छ । बुधबार त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन डा. दिब्यासिंह शाहले रिबन काटेर उद्घाटन गरेकी हुन् ।

साथै ल्याबले अनलाइनबाटै रिपोर्ट उपलब्ध गराउने गरी प्रथम ल्याब एप पनि सञ्चालनमा ल्याएको छ । उक्त एपको पनि डा. शाहले शुभारम्भ गरेकी छन् । डा. निराजन मैनाली अध्यक्ष रहेको प्रमथ ल्याबरोटरी प्रा.लि.सुपरस्पेशसियालिटी सेवा दिने लक्ष्यसहित सञ्चालनमा आएको हो । उद्घाटनपछि बोल्दैं डा. शाहलले मिर्गौला र ट्रान्सप्लान्टेसन सम्बन्धि  जरुरी ल्याब सेवा नेपालमा आवश्यक रहेको बेला उक्त सुविधासहितको ल्याब सञ्चालनमा आउनु खुसीको कुरा भएको बताइन् ।

‘किड्नी बायोस्पीका लागि विदेशमा स्याम्पल पठाउनुपर्ने बाध्यता थियो,’ डा. शाहले भनिन्, ‘ल्याबले नेपालमै उक्त सेवा सुरु गरेको छ । यसले समयमै बिरामीले रिपोर्ट पाउनुका साथै स्वदेशी पुँजीलाई स्वेदशमै रोकिनेछ ।’ भारतमा परीक्षणका लागि पठाउँदा दुई हप्ता लाग्ने भएकाले तत्कालै उपचार आवश्यक रहेका बिरामीलाई समस्या परिरहेको बताउँदैं उनले ल्याबले सही रिपोर्ट समयमा दिने सकेमा उक्त समस्या समाधान हुने बताइन् ।

‘कतिपय किड्नीका बिरामीलाई तुरुन्तै उपचार चाहिएको हुन्छ, तुरुन्तै उपचार नपाउँदा त्यस्ता बिरामीको किड्नी फेल हुने सम्भावना रहन्छ,’ डा. शाहले भनिन्, ‘मिर्गौलाको डेडिकेटेड ल्याबले त्यो समस्या हल गर्न सहयोगी भूमिका खेल्नेछ ।’ प्रत्यारोपणका अन्य बिरामीलाई पनि ल्याबका सेवाले राहत मिल्ने विश्वास उनले व्यक्त गरिन् ।

उनले ल्याबलाई समयसापेक्ष र एक्युरेट बनाउन पनि व्यवस्थापनलाई सुझाव दिइन् । यस्तै, प्रथम ल्याबका अध्यक्ष डा. निराजन मैनालीलै किड्नी सम्बन्धि बायोस्पी र टाक्रोलिमस औषधीसहितको सेवा पनि सुरु गरेको बताउँदै निकट भविष्यमै प्रत्यारोपण सम्बन्धि सेवाहरु थप्दै जाने बताए । ‘विदेशमा यस्ता परीक्षणका लागि पठाउँदा दुई हप्ता लाग्थ्यो,’ उनले भने, ‘हामीले ३० घण्टामा रिपोर्ट दिनेछौं ।’

उनले अहिले सुरुवात मात्रै भएको बताउँदैं पाँच वर्षभित्र इलेक्ट्रोन माइक्रोस्कोपी भित्र्याउने लक्ष्य आफूहरुले रहेको बताए । प्रथम ल्याबरोटोरीमा ८ जना विशेषज्ञ प्याथालोजिष्टसहितको सशक्त टिम रहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ