२०८१ असार ३, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचार२८ कात्तिकदेखि ४ मंसिरसम्म फाइजर खोप दिइने, यी हुन खोप केन्द्र ?

२८ कात्तिकदेखि ४ मंसिरसम्म फाइजर खोप दिइने, यी हुन खोप केन्द्र ?


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २८ कात्तिकदेखि ४ मंसिरसम्म १२ वर्षमाथिका दीर्घ रोगका बिरामीलाई कोभिड—१९ विरुद्धको फाइजर खोप दिने भएको छ । बुधबार मन्त्रालयले देशभर विभिन्न केन्द्रहरु निर्धारण गर्दै फाइजर खोप दिने तालिका सार्वजनिक गरेको हो ।

मन्त्रालयले ७ वटा प्रदेशमा २४ वटा खोप केन्द्र निर्धारण गरेको छ । जसमा संघीय राजधानी काठमाडौं उपत्यकामा ८ वटा खोप केन्द्र निर्धारण गरिएका छन् । जसमा वीर अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, पाटन अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र रहेका छन् । यस्तै, बागमती प्रदेशको चितवनको भरतपुर अस्पताल र काभ्रेस्थित धुलिखेल अस्पतालमा पनि फाइजर खोप दिने केन्द्र निर्धारण गरिएको छ ।

यस्तै, प्रदेश नं. १ मा मेची प्रादेशिक अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालबाट फाइजर खोप दिइनेछ । प्रदेश नं. २ का गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालबाट फाइजर खोप दिइनेछ ।

यस्तै, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पतालबाट फाइजर खोप लगाइनेछ । लुम्बिनी प्रदेशमा लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पतालबाट खोप दिइने मन्त्रालयले जनाएको छ ।

कर्णाली प्रदेशमा कर्णाली प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालबाट फाइजर खोप लगाइनेछ । फाइजरको खोपको दोस्रो मात्रा भने मंसिर २७ देखि पुस २ गतेसम्म लगाइने मन्त्रालयले जनाएको छ ।

खोप लगाउन जाँदा अस्पताल वा चिकित्सकले जारी गरेको पुर्जा अनिवार्य लिनुपर्नेछ ।

२१ देखि २८ दिनभित्र दुवै डोज लगाइसक्नुपर्ने फाइजर खोप ९५ प्रतिशत प्रभावकारी रहेको अध्ययनमा देखिएको छ । अमेरिकी सरकारले अनुदान स्वरुप १ लाख ६ सय २० डोज खोप ८ कात्तिकमा नेपाल आइपुगेको हो ।

क—कसले लगाउन पाउनेछन् खोप


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ