२०८० मंसीर १५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारके हो अल्सरेटिभ कोलाइटिस, कसरी बच्न सकिन्छ ?

के हो अल्सरेटिभ कोलाइटिस, कसरी बच्न सकिन्छ ?


ठूलो आन्द्रामा अल्सर हुनुलाई ‘अल्सरेटिभ कोलाइटिस’ भनिन्छ । ठूलो आन्द्रामा अल्सर भन्ने बितिकै पेटको अल्सर भन्ने मानिसहरु बुझ्छन् । त्यही हिसाबले खानेकुरा खाँदा मुख बार्दा यो रोग ठिक हुन्छ भन्ने बुझिन्छ ।

तर, यो रोग त्यस्तो होइन् । यसको मुख्य समस्या भनेको दिशाबाट रगत आउनु नै हो । रगत दिशासँग मिसिएर आउँछ । रगत आउँदा पेट नदुख्ने र दिनमा ५—६ पटक दिसा आउने हुन्छ । यो प्राय २० देखि ३० वर्ष उमेर समूह र ५० देखि ६० वर्षको उमेर समूहमा बढी देखिन्छ ।

युवा अवस्थामा त्यस्तो समस्या देखिएमा ‘पाइल्स’ भनेर औषधी खाने गरेको पाइन्छ । त्यसले गर्दा कहिले रगत देखा पर्छ, कहिले पर्दैन् । जसका कारण बिरामी भ्रमित हुन्छन् । बुढाबुढीमा भनेर क्यान्सर हो कि भनेर शंका गरेर जाँच गराउँदा रोग पत्ता लाग्छ ।

लगभग १ सय ५० सेमी लम्बाइ भएको ठूलो आन्द्राको अन्तिमतिर को भाग (रेक्टम)लाई यो रोगले असर गर्ने गर्दछ । यो रोगको सुरुवात त्यहाँबाट हुने हो । यो रोग जति ढिलो उपचार भयो त्यति नै बिरामीलाई समस्या बढ्ने हुन्छ ।

यसका लक्षण

—दिशामा रगत मिसिएर आउने
—चिप्लो तरल पदार्थ मिसिएर आउने
—दिनमा ४—५ पटक दिशा आउने
—खाना नरुच्ने
—शरीरको अन्य अगमा पनि असर देखिने (जस्तैः कसैमा आँखामा समस्या, कसैको ढाड दुख्ने, हातका जोर्नीहरु देख्ने पनि हुनसक्छ ।)

कसरी पत्ता लगाउने ?

यसको सुरुवातमा त रगत देखा परेमा यो रोगको शंका हुनुप¥यो । दिशामा रगत देखिँदा पाइल्स मात्रै हो भनेर बस्न हुँदैन् ।

दिसा निस्कने ठाउँबाट दुरबिन जोडिएको पाइपले हेर्न सकिन्छ जसलाई (कोलोनोस्कोपी) भनिन्छ । अथवा ३०/४० मिटरसम्म सिगमोइडोस्कोपी कोपी गरेर पनि हेर्न सकिन्छ भनिन्छ । र, सुन्निएको भागबाट मासुको टुक्रा निकाली जाँच (बायोस्पी) गर्न सकिन्छ । यसरी यसको पत्ता लगाउन सकिन्छ ।

के हो उपचार ?

यो रोग औषधीको मात्रा मिलाएर खाएमा बिस्तारै ठिक हुन पनि सक्छ । बिरामीको स्वास्थ्यमा सुधार भयो भएन भनेर हामीले वर्षमा एकपटक पाइप हालेर हेर्ने गर्छौ । कसैलाई यो एक वर्षमा पनि ठिक हुन्छ, कसैलाई भने त्यसभन्दा बढी समय लाग्छ ।

औषधी खाँदा खादै छोड्न हुँदैन । भित्री घाउ बिसेक नहुने समयसम्म खानु पर्दछ । बिरामीले दिनमा धेरै ट्याब्लेट खानुपर्ने हुन्छ । कतिलाई भने दिशा गर्ने ठाउँबाट पनि औषधी दिन मिल्छ ।

आज भन्दा ३ महिनाअघि नेपालकै चिकित्सकहरुले गरेको एक अध्ययनबाट पछिल्ला दुई वर्ष भित्र हजार वटा क्लोनोस्कोपी गर्दा ५० जनामा यो रोग देखिएको पाइयो । एसियामा विस्तारै यो रोग फैलिरहेको छ । यसको कारण भनेको खानपान शैलीमा परिवर्तन आउनु हो । अहिले रोग पत्ता लाग्ने शैली बढ्न थाले र थाहा हुँदै गयो । अहिले यसबारे औषधीहरु पनि विस्तारै आउँदैंछन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ