२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १इखले बनेका डा. राजेश, जसका तीनै भाइ डाक्टर छन्

इखले बनेका डा. राजेश, जसका तीनै भाइ डाक्टर छन्


पूर्वी नेपालको औधोगिक नगरी बुढीगंगा गाउँपालिका—१ यादव टोलमा स्थानीय समाजसेवीमा गनिन्छन्—बावुप्रसाद यादव । बाबुप्रसाद यादवका भाइ डा. सितल यादव विराटनगरका गनिएका चिकित्सक हुन् । उनका भाइमात्रै होइन्, तीन छोरा पनि चिकित्सक छन् । उनले सबै छोरालाई डाक्टर बनाउन ६ बिगाहा खेतीयोग्य जमिन बेचेका हुन् ।

जसमध्ये बावुप्रसादका जेठा छोरा डा. राजेश यादव हुन् । उनका बाल्यकाल रमाइलोसँग बित्यो । ‘सम्पन्न परिवारमा हुर्किएको बंगलादेशमा पुगेर शिक्षा हासिल गर्ने अवसर पाएँ,’ विगत सम्झिँदै उनले सुनाए, ‘आईएस्सी काठमाडौंको बनस्थलीबाट सकिएपछि बंगलादेशमा गएर एमबीबीएस र त्यसपछि पोखरमा आएर एमडी उत्तीर्ण गरे ।’

आफू गएपछि दुई जना भाइहरूलाई पनि डाक्टर बाउन बंगलादेश लिएर आएको उनले सुनाए । ‘चिकित्सक क्षेत्र पढाउने व्यवस्था मिलाएपछि बुवाले जग्गा बेचेर पैसाँ दिएपछि माइलो र कान्छो भाइलाई पनि लिएर बंगलादेश आए,’ उनले भने, ‘अहिले दुवै जना भाइ पनि डाक्टर छन् ।’

राजेश र उनका दुई भाइ

शिक्षादीक्षा विदेशमै भएपनि आफूले हासिल गरेको सीप नेपालीकै लागि स्वदेशमै उपयोग गर्ने उनको इच्छा थियो । त्यही इच्छाबलले पढाइ सकेपछि नेपाल आए । पढाइ सकिनेबित्तिकै विदेश र अरु तिर पनि जागिरको अफर आएको थियो । तर, उनको स्वदेशमा सेवा गर्ने इच्छा प्रबल थियो । ‘त्यही कारण वि.सं. २०७० सालदेखि विराटनगरस्थित नोबेल अस्पतालमा आएर सेवा सुरु गरे,’ उनले भने ।

अहिले उनी नोबेलमा एमबीबीए, नर्सिङका विद्यार्थीहरूलाई औषधी सम्बन्धी पढाउने गर्छन् । आफूले हासिल गरेको ज्ञान नयाँपुस्तालाई हस्तान्तरण गर्ने उद्देश्य उनको छ । जीवनको हर समय बिरामीको उपचारमा खर्चेका यादवलाई सबैभन्दा खुसी के कुराले दिन्छ ? ‘जब बिरामी निको बनाएर घर पठाउने समय हुन्छ, त्यो बेला बिरामी र तिनका आफन्तले दिने सम्मान र आर्शिवाद मेरा लागि अतुलनीय खुसीको क्षण हुन्छ,’ उनले सुनाए । आफ्नै गाउँमा सेवा गर्ने तीव्र इच्छा भएकोले पनि घरदेखि दुई किलोमिटर टाढा रहेको अस्पतालमा सेवा गरेको उनले सुनाए ।

डा. राजेशले आउँदो मंसिर ३ र ४ गते हुने नेपाल मेडिकल काउन्सिलको निर्वाचनमा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । ‘देशभरिका चिकित्सक आवद्ध भएको संस्थाको नेतृत्व तहमा पुग्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ’, उनले भने, ‘सम्पूर्ण चिकित्सकहरुले मतदान गरी जिताउनु हुनेछ भन्नेमा म विश्वस्त छु ।’


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ