काठमाडौं—चिकित्सा शिक्षा आयोगले एमबीबीएस, बिडिएसलगायतका चिकित्साशास्त्रतर्फका विभिन्न विषयहरुको नयाँ शैक्षिक सत्रको शुल्क पुनः सार्वजनिक गरेको छ ।
विश्वविद्यालय, कलेज र प्रतिष्ठानबाट शैक्षिक सत्र २०७७/०७८ को शुल्कबारे बारम्बार सोधिएको भन्दैं आयोगले आइतबार शुल्क सूची पुनः सार्वजनिक गरेको हो । जसअनुसार एमबीबीएसको उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ रुपैयाँ, एमबीबीएसको उपत्यकाभित्र ४० लाख २३ हजार २ सय ५० रुपैयाँ रहेको छ । यस्तै, बिडिएसतर्फको २० लाख १९ हजार ५ सय ८० रुपैयाँ रहेको छ । बिएएमएसको १० लाख ९२ हजार ६ सय शुल्क निर्धारण गरिएको छ ।
बीएस्सी नर्सिङको १० लाख रुपैयाँ, विपिटी, बिएस्सी एमएलटी, बिएस्सी एमआईटी, बिएस्सी मेडिकल माइक्रोबायोलोजी, बायोकेमेष्टीको ७ लाख ५० हजार रुपैयाँ शुल्क तोकिएको छ ।
बिएमएस र पिबीएनको ५ लाख रुपैयाँ शुल्क निर्धारण गरिएको छ । बी फार्मा, विपीएच, बिओपीटिएम, बीपरटेक, बिएएसएलएपी ७ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।
डिएम÷एमसीएच २५ लाख रुपैयाँ, एमडीएस, एमडी र एमएस क्लिनिकल क्लिनिकल २२ लाख ९९ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।