२०८० मंसीर २५, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप ३०६ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ६ जनाको मृत्यु

नेपालमा थप ३०६ जनामा कोभिड-१९ संक्रमण पुष्टि, ६ जनाको मृत्यु


काठमाडौं—नेपालमा थप ३ सय ६ जना नयाँ कोभिड—१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसा पछिल्लो २४ घण्टामा ३ सय ६ जना नयाँ संक्रमित थपिएका हुन् ।

यससँगै नेपालमा अहिलेसम्म कोभिड—१९ बाट संक्रमित हुनेहरुको संख्या ८ लाख १६ हजार ९ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ४८ जना कोभिड—१९ संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा अहिलेसम्म कोभिड—१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९८ हजार २ सय ७४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ६ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ । आइतबारसम्म नेपालमा कोभिड—१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ७७ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ