२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहैजा नियन्त्रणका लागि नेपाल भित्राइयो हैजाको २ लाख डोज खोप

हैजा नियन्त्रणका लागि नेपाल भित्राइयो हैजाको २ लाख डोज खोप


काठमाडौं – हैजा प्रभावित क्षेत्र कपिलवस्तुका लागि साढे दुई लाख डोज खोप नेपाल आइपुगेको छ। ‌’ओरल कलेरा भ्याक्सिन’ कतार एयरलायन्सको विमानबाट आइतबार २ लाख ५२ हजार ३६३ डोज खोप नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सो खोप कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका मानिसलाई लगाइने छ ।

उक्त खोप कपिलवस्तुका पाँच वटा नगरपालिकामा पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

सनोफी हेल्थ केयर इन्डियाले बनाएको सो खोप विश्व स्वास्थ्य संगठन गाभी र युनिसेफको ‘ग्लोबल स्टल पाइल’मा रहेको थियो। जुन युनिसेफको ‘सप्लाई डिभिजन नेटवर्क’ हुँदै नेपाल भित्रिएको हो।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ