२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारभारतमा प्रदुषणका कारण लकडाउनको तयारी

भारतमा प्रदुषणका कारण लकडाउनको तयारी


काठमाडौँ – वायु प्रदूषण नियन्त्रण गर्न भारतको राजधानी नयाँदिल्लीमा लकडाउन गर्ने भएको छ। शनिबार अरविन्द केजरीवाल नेतृत्वको सरकारले सर्वोच्चमा प्रदूषण नियन्त्रण गर्न राष्ट्रिय राजधानी क्षेत्रमा लकडाउन गर्ने बताएको हो।

प्रदुषित वातावरणले मानब स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै लकडाउनको तयारी गरिएको हो।

लकडाउनबाट वायुको गुणस्तरमा केही सुधार हुने अपेक्षा दिल्ली सरकारले लिएको छ। अदालतले दुई दिने लकडाउन गर्न पनि सुझाएको थियो। अदालतलाई जवाफ दिँदै दिल्ली सरकारले आफू लकडाउन गर्न तयार रहेको बताएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ