२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश

कर्णालीका पदाधिकारीलाई काम गर्न रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनको आदेश


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई काम गर्न रोक लगाउने गरी गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ । सोमबार उच्च अदालत पाटनका न्यायाधीस भोजराज अधिकारीले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएका हुन् ।

स्वास्थ्यमन्त्रीको उक्त निर्णय विरुद्ध कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलसहितका पदाधिकारीले उच्च अदालत पाटनमा मुद्धा दायर गरेका थिए ।

२३ कात्तिकमा प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री खतिवडाले कर्णालीको उपकुलपति नियुक्तिमा अदालतको अन्तरिम आदेश छलेर भएको भन्दै सो फैसला नहुन्जेल काम काज गर्न रोक लगाएका थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ