२०८१ चैत्र ६, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४१६ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, २७० जना संक्रमणमुक्त

४१६ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, २७० जना संक्रमणमुक्त


काठमाडौं-नेपालमा थप ४ सय १६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ सय १६ जनामा कोभिड संक्रमण पोजटिभ देखिएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेहरुको संख्या ८ लाख १७ हजार ३ सय ३३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ७० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९८ हजार ५ सय ४४ पुगेको छ । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट १ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ८८ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ