२०८१ मंसीर २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकुकुरले टोकेर गम्भीर घाइते बनेका बिरामीलाई दिइने औषधी इम्युनो ग्लोबुलिन सेवा सातैवटै प्रदेशबाट सुरु

कुकुरले टोकेर गम्भीर घाइते बनेका बिरामीलाई दिइने औषधी इम्युनो ग्लोबुलिन सेवा सातैवटै प्रदेशबाट सुरु


काठमाडौँ – कुकुरले टोकेर ठूलो घाउ बनाएको गम्भीर बिरामीलाई दिइने रेबिज इम्युनो ग्लोबुलिन औषधी सातैवटै प्रदेशमा दिन सुरु गरिएको छ। बिहिबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले सातवटै प्रदेशबाट सो औषधी दिइने जानकारी दिए।

उक्त औषधी सेवा विस्तारको शुभारम्भ स्वास्थ्यमन्त्री विरोध खतिवडाले गरेका छन्। सेवा  विस्तारको शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले  सातैवटा प्रदेशमा गरी ९ वटा अस्पताल तोकिएको  बताए ।

उनका अनुसार कोशी अस्पताल, विराटनगर, जनकपुर अस्पताल, धनुषा, मदन भण्डारी स्वा वि. प्रतिष्ठान, हेटौंडा, नारायणी अस्पताल, वीरगन्ज, भरतपुर अस्पताल, वीरगन्ज, पोखरा स्वा. वि. प्रतिष्ठान, गण्डकी, लुम्बिनी अस्पताल, बुटवल र सेती प्रादेशिक अस्पताल धनगढीबाट  ५ मङ्सिरबाट सेवा विस्तार गरिन लागिएको हो।

 यसअघि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु अस्पतालबाट मात्रै सो औषधी दिइने गरिन्थ्यो। रेबिज इम्युनोग्लोबुलिन एउटा औषधि हो, जुन रेबिज लाग्न सक्ने जनावरले टोकेर बनेको ठूलो घाउको वरीपरी सुइको माध्यमले लगाइन्छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ