२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालका बढी भ्रष्टाचार सम्बन्धी उजुरी पर्नेमा स्वास्थ्य तथा जनसंख्या क्षेत्र पाँचौमा नम्बरमा

नेपालका बढी भ्रष्टाचार सम्बन्धी उजुरी पर्नेमा स्वास्थ्य तथा जनसंख्या क्षेत्र पाँचौमा नम्बरमा


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय क्षेत्र नेपालमा बढी भ्रष्टाचार हुनेमा पाँचौं नम्बरमा परेको छ । आयोगको ३१ औं वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ मा स्वास्थ्य क्षेत्र नेपालमा भ्रष्टाचार सम्बन्धी बढी उजुरी पर्नेमा पाँचौ नम्बरमा रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या क्षेत्र सम्बन्धी ३.९३ प्रतिशत उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग परेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या क्षेत्रभन्दा अगाडि बढी भ्रष्टाचारका उजुरी पर्नेमा संघीय मामिला (स्थानीय तहसमेत), शिक्षा (स्थानीय तहसमेत), भूमी प्रशासन र वन तथा वातावरण संरक्षण क्षेत्र छन् ।

भ्रष्टाचार सम्बन्धी सबैभन्दा बढी उजुरी संघीय मामिला (स्थानीय तह समेत) मा ३२.७२ प्रतिशत परेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, शिक्षा क्षेत्रमा (स्थानीय तहसमेत) १५.६१ प्रतिशत भ्रष्टाचार सम्बन्धी उजुरी परेका छन् ।

यस्तै, भूमी प्रशासन ९.०९ प्रतिशत, वन तथा वातावरण क्षेत्र ५.०१ प्रतिशत र भौतिक पूर्वाधार तथा यातायात क्षेत्रका ३.७६ प्रतिशत भ्रष्टाचार सम्बन्धी उजुरी आयोगमा परेका छन् । गृह प्रशासनका ३.४७ प्रतिशत उजुरी परेको प्रतिवेदनमा उल्लेख छ । यस्तै, उर्जा, जलस्रोत तथा सिचाइ क्षेत्रमा ३.०९ प्रतिशत, अर्थ मन्त्रालय २.०९ प्रतिशत उजुरी परेका छन् ।

अर्थ मन्त्रालयसँग सम्बन्धित २.०९ प्रतिशत, नक्कली शैक्षिक प्रमाणपत्रतर्फ ५.६१ प्रतिशत, गैरकानुनी सम्पत्ति आर्जततर्फ ३.३८ प्रतिशत, अन्य निकाय/क्षेत्रअन्तर्गत १२.२५ प्रतिशत भ्रष्टाचार सम्बन्धी उजुरीहरु परेका छन् ।

यस्तै, अख्तियारले आफनो प्रतिवेदनमा महामारीलाई पूर्वानुमान गरेर सोही बमोजिम स्वास्थ्य सेवा प्रदान गर्न सक्ने गरी जनशक्ति, पूर्वाधार, औषधी, उपचार र उपकरण तथा सरकारी अनुदान र सहुलियतपूर्ण उपचार कोषलगायतको उचित व्यवस्थापन गर्न सुझाएको छ । यसैगरी, उसले निजी तथा सामुदायिक अस्पतालको सेवा सुलभ र प्रभावकारी बनाउने, व्यवहारिक अनुगमन प्रणाली बनाएर कमजोरी देखिएमा कारवाहीको दायरामा ल्याउने तथा स्वास्थ्य मापदण्डको पालना गर्ने गराउने सुझाव दिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ