२०८० मंसीर २१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडीएम/एमसीएचको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक

डीएम/एमसीएचको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक


काठमाडौं- चिकित्सा शिक्षा आयोगले डीएम/एमसीएच तहको एकीकृत प्रवेश परीक्षा तालिका सार्वजनिक गरेको छ । आयोगले १८ मङ्सिरमा बिहान ११ बजे देखि २ बजेसम्म परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको हो ।

आयोगका अनुसार परीक्षा इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक कलेजमा हुनेछ। १ कार्तिकबाट आयोगले सो तहका एकीकृत प्रवेश परीक्षाको अनलाइन फारम खुलाएको थियो ।

परीक्षा केन्द्र सम्बन्धी विवरण प्रवेश पत्रमा उल्लेख हुने र प्रवेश पत्र परीक्षा शुरु हुनुभन्दा ५ दिन अगाडि परीक्षार्थी आफैंले अनलाइन माध्यमबाट प्रिन्ट गर्न सकिने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ