२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारयी १८ केन्द्रबाट हुँदैछ मेडिकल काउन्सिलको निर्वाचन

यी १८ केन्द्रबाट हुँदैछ मेडिकल काउन्सिलको निर्वाचन


काठमाडौं- नेपाल मेडिकल काउन्सिलको निर्वाचन आज देखि काठमाडौं उपत्यका बाहिर सुरु हुँदैछ। शुक्रबार र शनिबार गरेर उपत्यका बाहिरका १८ केन्द्रमा मतदान सुरु हुन लागेको नेपाल मेडिकल काउन्सिलले जनाएको हो ।

काउन्सिलको एक उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जना चुनावी मैदानमा छन्। उपाध्यक्ष पदका लागि डा. शिवजी पौडेल, डा. रामपरीक्षण यादव र डा. प्रमोद कुमार यादवले उम्मेदवारी दिएका छन्।

निर्वाचनको पहिलो दिन शुक्रबार र शनिबार कोशी अस्पताल विराटनगर, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भरतपुर अस्पताल चितवन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मतदान हुनेछ ।

यस्तै, शनिबार मेची प्रादेशिक अस्पताल झापा, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, गजेन्द्रनारायण सिंह अस्पताल राजविराज, लाहान अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रादेशिक अस्पताल, पाल्पा अस्पताल तानसेन र  राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मतदान हुनेछ ।

भीम अस्पताल भैरहवा, प्रादेशिक अस्पताल जनकपुर, नारायणी अस्पताल वीरगञ्ज, हेटौंडा अस्पताल, भेरी अस्पताल नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र सेती प्रादेशिक अस्पतालमा पनि मतदान हुने बताइएको छ ।

त्यसैगरी उपत्यकाभित्र भने काठमाडौं विश्वविद्यालय धुलिखेलमा १० गते मतदान हुनेछ भने नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी र स्थानीय विकास प्रतिष्ठान जावलाखेल ललितपुरमा १० र ११ गते मतदान हुने छ।

चुनावी मैदानमा उत्रिएका उम्मेदावरहरुको सूची :-

मतदान केन्द्र

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ