२०८३ भदौ ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकेयु भर्ना विवादमा बोले डा. केसी, विपीका पदाधिकारीलाई कारवाही गर्न माग

केयु भर्ना विवादमा बोले डा. केसी, विपीका पदाधिकारीलाई कारवाही गर्न माग


काठमाडौं—चिकित्सा शिक्षा आयोगले हालै लिएको एमबीबीएसलगायतका स्नातक तहका शैक्षिक कार्यक्रमको साझा प्रवेश परीक्षाका विद्यार्थी भर्नामा काठमाडौं विश्वविद्यालयमा सिर्जना गरेको विवादप्रति डा. गोविन्द केसीले आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले उक्त विश्वविद्यालयले कानुनअनुसार आयोगले तोकेका विद्यार्थीहरु भर्ना गर्न छाडेर विश्वविद्यालयको मेडिकल संकाय डिनका छोरालगायतलाई केयु स्कुल अफ मेडिकल साइन्सेजमा भर्ना गर्ने प्रयास गरेको बताएका छन् ।

‘त्यसका लागि अदालत पुगेर चिकित्सा शिक्षा ऐन र नियमावली प्रतिकूलको अन्तरिम आदेश समेत पाएको भन्ने समाचारहरु आएका छन्,’ डा. केसीको विज्ञप्तिमा छ, ‘स्मरणरहोस् अदालतका आडमा हुने मेडिकल शिक्षा क्षेत्रको अनियमितता र भ्रष्टाचारविरुद्ध हामीले यस अगाडि समेत लामो संघर्ष गरेका थियौ ।’

उनले लथालिंग भइसकेको मेडिकल शिक्षा क्षेत्रलाई आयोगले नियमन गर्न खोज्दा त्यसलाई अवरुद्ध गर्न ऐनको प्रतिकूल हुने गरी आदेश जारी हुनु बिडम्बनापूर्ण भनेका छन् ।

डा. केसीले काठमाडौं विश्वविद्यालयमा वर्षौदेखि हरेक तहका प्रवेश परीक्षामा घोटाला गराउँदैं आएका पदाधिकारीहरुले नयाँ ऐन र नयाँ नियांमक निकाय आउँदा पनि नसुध्रिनु र मनपरी कायम राख्न खोज्ने अस्वीकार्य रहेको बताउँदै विश्वविद्यालय पदाधिकारीका पारिवारिक संस्था नभएकाले कानुनअनुसार चल्नुपर्ने उल्लेख गरेका छन् । उनले त्यस्ता पदाधिकारीलाई दण्डित गर्न समेत माग गरेका छन् ।

यस्तै, डा. केसीले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई छानविन समितिको प्रतिवेदनअनुसार बर्खास्त गर्न पनि माग गरेका छन् । उनले यसअघि आफूसँग सरकारले गरेका सम्झौता र प्रधानमन्त्रीले गरेका प्रतिवद्धता पूरा गर्न समेत माग गरेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ