२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरकारले बेलायतमा १० हजार नर्स पठाउने, छिट्टै काम हुने श्रम सचिवको दावी

सरकारले बेलायतमा १० हजार नर्स पठाउने, छिट्टै काम हुने श्रम सचिवको दावी


 काठमाडौं—सरकारले बेलायतमा १० हजार नर्स पठाउने तयारी अगाडि बढाएको छ । शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैं श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले उक्त जानकारी दिएका हुन् ।

बेलायतले नेपालबाट नर्सिङ जनशक्ति लैजान चाहेकाले त्यसका लागि सम्झौताको तयारी अगाडि बढेको उनले बताए । ‘बेलायत सरकारले नेपालबाट नर्सिङ जनशक्ति लैजान चाहेको छ,’ उनले भने, ‘श्रमिकमैत्री सम्झौता गर्न छलफल गरिरहेका छौं । चाडै यसमा काम हुन्छ ।’

नर्सहरुका लागि आकर्षक कमाइ हुने गन्तब्यमा बेलायत पनि पर्छ । बेलायतमा नर्सिङ जनशक्तिको माग रहँदैं आएको छ । यस्तै, जापानले पनि सन् २०२२ देखि नर्सिङ कर्मचारी लिने तयारी अगाडि बढाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ