२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा थप २९६ कोभिड-१९ संक्रमित थपिए, ३६९ जना संक्रमणमुक्त

नेपालमा थप २९६ कोभिड-१९ संक्रमित थपिए, ३६९ जना संक्रमणमुक्त


काठमाडौं-नेपालमा थप २ सय ९६ जनामा कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टाका २ सय ९६ जनामा कोभिड पोजेटिभ पुष्टि भएको हो ।

यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमित हुनेको संख्या ८ लाख १८ हजार ५ सय ७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ६९ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ९९ हजार ५ सय ४५ पुगेको छ ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । अहिलेसम्म कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय ९४ पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ